अभिनेत्री नीता ढुंगानाले बनाउन लागेको फिल्ममा अभिनेता कोशिश क्षेत्री पनि फाइनल भएका छन् । नीताले बनाउन लागेको फिल्मको कथा पनि कोशिश आफैले लेखिरहेका छन् । यो फिल्मले आधुनिक समाजको कथा भन्नेछ ।

फिल्मलाई समुन्द्र भट्टले निर्देशन गर्दैछिन् । नीताले सिनेमा निर्माण गर्ने भनेर घोषणा गरेको केही समयपछि यो फिल्म बनाउन लागेकी हुन् । नीताले यसअघि मःम हन्टिङ बनाउने पक्का गरेकी थिइन् । तर, अहिले यो प्रोजेक्टलाई थाती राखेर उनले माया नामको सिनेमा बनाउन लागेकी छिन् ।

माया उनले वर्किङ टाइटलको रुपमा काम गरिरहेकी छिन् । फिल्ममा नीता र कोशिशले पर्दा शेयर गर्नेछन् । कोशिश फिल्म पर्वमा काम गरेपछि चर्चामा छन् ।

For More videos Log on to Mazzako TV