फिल्म ‘हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलरमा सार्वजनिक गरियो । साउन ३० गतेबाट प्रदर्शनमा आउने फिल्मको ट्रेलरमा अधिकांस कलाकारहरु प्रस्तुत छन् । यस अघि सार्वजनिक २ वटा गीतबाट मज्जाको प्रतिक्रिया आइरहेको छ ।

ट्रेलरमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइँटेल, शिवहरी पौडेल, अखिलेस प्रधान र अनुभव रेग्मी पनि फिचर्ड छन् । बिकासराज आचार्य निर्देशित फिल्मलाई प्रेम कथामा आधारित पारिवारिक भनिएको छ । निर्देशक आचार्यले फिल्मको पटकथा सामिप्यराज तिमल्सेनासंगको सहकार्यमा गरेका छन् । फिल्मकी कार्यकारी निर्मातामा कविता रेग्मी रहेको छिन् ।

फिल्ममा कविराज गहतराजको नृत्य, उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । यसमा विशाल चाम्लिङ निर्माता छन् ।

For More videos Log on to Mazzako TV