अभिनेत्री आँचल शर्माले दाल भात तरकारी फिल्म रिलिज भएपछि नयाँ फिल्ममा काम गर्ने पक्का भएको थिएन । उनले काम गर्ने भनिएको डामाडोल पनि अब नबन्ने देखिन्छ । यसैले आँचलको हात खाली नै थियो । तर, अब भने आँचलले नयाँ फिल्ममा काम गर्ने भएकी छिन् ।

यसअघि नै अभिनेता मुकुन भुषाल र अभिनेत्री केकी अधिकारीले काम गर्ने पक्का भैसकेको फिल्म झिंगे दाउमा अभिनेत्री आँचल शर्माले पनि काम गर्ने पक्का भएको छ । आँचलले हिजो मात्र फिल्ममा संझौता गरेकी हुन् । फिल्ममा अभिनेत्री केकी र आँचल नै मुख्य भूमिकामा छन् ।

यो फिल्म महिला केन्द्रित छ । आँचलले यसपटक अभिनय पनि गज्जबले देखाउन पाउने आशा गरेकी छिन् ।

For More videos Log on to Mazzako TV