अभिनेत्री पूजा शर्मा पोई पर्यो कालेमा २० लाख पारिश्रमिक लिएर सवैभन्दा महंगी अभिनेत्री बनेकी थिइन् । यो फिल्म कात्तिकको ८ गतेबाट रिलिज हुँँदैछ । यो सिनेमा रिलिज नहुँदै पूजाले अर्को एक फिल्म पनि साइन गरेकी छिन् । पूजाले दार्जिलिङका निर्माताले बनाउन लागेको फिल्ममा काम गर्न लागेकी हुन् ।

यो फिल्मका लागि पनि उनले २० लाख पारिश्रमिक लिएकी छिन् । सिनेमालाई भारतकै एक निर्देशकले निर्देशन गर्नेछन् । पूजाले पेश्की रकम वुझिसकेकी छिन् ।

पूजाले सिनेमा लभ स्टोरी कथामा बन्ने बताइन् । फिल्ममा अभिनेता आकाश श्रेष्ठले पनि काम गर्ने वुझिएको छ । तर, आकाशले फिल्म साइन गरिसकेका छैनन् ।

For More videos Log on to Mazzako TV