निर्माता सुवास गिरीले फिल्म नन्दुलाल बनाउने तयारी गरेका छन् । सुवासले बनाउन लागेको नन्दुलालका लागि कलाकार खगेन्द्र लामिछाने मात्र फाइनल भएका छन् । खगेन्द्र आफैले नै यो सिनेमाको कथा लेखिरहेका छन् ।

सिनेमालाई सामाजिक कथामा बनाउने तयारी गरिएको छ । नन्दुलाल सिनेमालाई सुवास आफैले निर्देशन गर्ने तयारी समेत गरेका छन् । सामाजिक कथावस्तु भएकाले सुवासले सिनेमा निर्देशन गर्न खोजेको तर पक्का नभएको बताएका छन् । कृ सिनेमा निर्माण गरेपछि सुस्ताएका सुवासले कमर्सियल फिल्ममा नै यो कथा बनाउन लागेको बताए ।

For More videos Log on to Mazzako TV