अभिनेता रमित ढुंगानाले अहिलेका हट केक अभिनेता अनमोल केसीको पारिश्रमिकको बारेमा टिप्पणी गरेका छन् । आफूले अभिनय गर्न लागेको सिनेमा राजा साहेबको घोषणा कार्यक्रममा अनमोललाई भतिज भन्दै उनले उनले गरेको प्रगतीमा आफू खुशी भएको बताए ।

अनमोलले ५० लाख लिनु राम्रो भएको भन्दै उनले १ करोडसम्म लिएर ५ करोड निर्मातालाई फिर्ता गरोस् भनेर शुभकामना समेत दिएका छन् । रमितले सानोमा आफूले अनमोललाई लकेट नदिदा रिसाएको प्रसंग समेत उठाएका थिए । अभिनेता भूवन केसीसँग सिनेमामा काम गर्दा अनमोल सेटमा आउने गरेको रमितले बताए ।

For More videos Log on to Mazzako TV