संगीतकार आलोक श्रीले आफूले संगीत भरेको कहिले फोटो सिरानीमा बोलको गीतबाट कबड्डी कबड्डी कबड्डीको दुबो फुल्यो गीत चोरिएको आरोप लगाएका छन् । कबड्डी ३ को गीत सोमबार मात्रै रिलिज भएको थियो ।

एसडी योगी यसका संगीतकार हुन् । आलोकले गीत मिलेको भन्दै कानुनी उपचार खोज्ने बताएका छन् । यो बिषयमा सिनेमाको टिमसँग आफ्नो कुरा भैरहेको उनले बताए । संगीतकार एसडी योगीले भने आफूले गीत पहिले नसुनेको प्रतिक्रिया दिएका छन् ।

उनले, आफूले गीत चोरीएको भन्ने चर्चा सुनेसँगै मंगलबार बिहान मात्रै गीत सुनेको बताएका छन् । यो बिषयमा सिनेमाको टिम र आलोकविच कुराकानी भैरहेको छ ।

For More videos Log on to Mazzako TV