चर्चित अभिनेता रमित ढुंगाना नयाँ फिल्म ‘राजा साहेब’ मा प्रमुख भूमिकामा देखिने भएका छन् । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म राजा साहेब को निर्माण घोषणा गरिएको हो । साथै सोमबार बिहाननै कोटेश्वर स्थित महादेव मन्दिरमा फिल्मको शुभ मूहुर्त समेत गरियो ।

बिचल किरातीको निर्देशनमा निर्माण हुने फिल्ममा रमितसँगै धिरेन शाक्य, जयकिशान बस्नेत, उमेश खड्का, प्रज्जवल गिरी, टार्जन लगायतको मुख्य भूमिका रहने छ । मुख्य नायिकाको रुपमा सोनिका केसी र आइशा राईले रमितसंग रोमान्स गर्नेछन् । दुबै नायिका राजा साशेबबाटै डेब्यु गर्दैछन् ।

‘किराती फिल्मस्’ र ‘आकाश फिल्मस्’ को संयुक्त व्यानरमा निर्माण हुने फिल्ममा शंकर न्यैपाने, आकाश राई र आइशा राई कार्यकारी निर्मातामा रहेका छन् । चन्द्र लामा, ज्याक शुब्बा र भिम कार्की निर्माताको रुपमा रहेको फिल्ममा सिसम डागी सह–निर्माताका रुपमा रहेका छन् ।

निर्देशक राईकै लेखन रहेको फिल्ममा ओम सुनुवारको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने छ । पवन गौतमले खिच्ने फिल्मलाई समिर मियाँले सम्पादन गर्नेछन् । बुधबारबाट छायांकनमा जाने फिल्म तिहारमा प्रदर्शनमा आउने बताइएको छ ।

For More videos Log on to Mazzako TV