रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को पहिलो गीत सार्वजनिक भएको छ । भाद्र १३ मा रिलिज हुने फिल्मको यसअघि सार्वजनिक टिजरले मज्जाको प्रतिक्रिया पाइरहेको अबस्थामा लोक लयको ‘दुबो फूल्यो’ बोलको गीत सार्वजनिक गरियो । गीतको भिडियोमा दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई प्रस्तुत छन् । यता बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बरालले पनि गीतमा स्थान पाएका छन् ।

एसडी योगीको संगीत हर्क साउदको शब्द रहेको गीतमा गायक हेमन्त राना र रितिका श्रेष्ठको स्वर सुन्न सकिन्छ । वाइल्ड रिपर्ज ग्रुपको कोरियोग्रफी रहेको गीतलाई निर्देशन रेनशा वान्तवा राईले गरेकी हुन् ।
फिल्ममा रिश्मा गुरुङ, पुस्कर गुरुङ, कविता आले, लुनिभा तुलाधर, कमलमणी नेपाल, अरुणा कार्की लगायतको पनि अभिनय छ ।

निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको कथा रहेको फिल्म बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो । शैलेन्द्र डि. कार्कीको छायांकन रहेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन रहने छ ।

निर्माण टिमले यही गीतमाथि कभर भिडियो प्रतिस्पर्धा पनि आयोजना गरेको छ । पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः १ लाख, ७५ हजार र ५१ हजार रुपैयाँ पुरस्कार छ ।

For More videos Log on to Mazzako TV