निर्माता माधव वाग्ले अब निर्देशक बन्ने भएका छन् । निर्माता वाग्लेले निर्देशन गर्न लागेको नयाँ सिनेमाको यतिबेला कथामा काम भैरहेको छ । स्क्रिप्टमा काम सकिएपछि कलाकार छनोट गर्ने वाग्लेको तयारी छ ।

लुट जस्तो सिनेमा निर्माण गरेर नेपाली फिल्मलाई नै यू टर्न गराएका निर्माता वाग्ले किन निर्देशक बन्न लागेका होलान् त ? वाग्लेका अनुसार, उनले आफ्नो चाहना अनुसार सिनेमा निर्देशन गर्न लागेका हुन् ।

उनले, सिनेमा निर्देशन गरेर आफ्नो चाहना पुरा गर्न चाहन्छन् । अर्को कुरा, सिनेमा निर्माण गरेर आफूले सिकेको कुरा फिल्ममा लगाउन पनि चाहन्छन् । वाग्लेले, फिल्मको क्रेडिट कलाकार निर्देशकले मात्र लिने गरेको बताए ।

यसैले, सिनेमा बनाउने निर्माता सधै पछि पर्ने उनको गुनासो छ । उनले आफूले सोचेजस्तै सिनेमा बनाउने बताएका छन् ।

For More videos Log on to Mazzako TV