निर्माता छविराज ओझाकी जेठी पत्नी हेमा ओझाले बहुबिबाहको उजुरी दिएपछि निर्माता ओझा र अभिनेत्री शिल्पा पोखरेल विचको डिभोर्सको मुद्दा नयाँ मोडमा पुगेको छ । शिल्पाले छविको सम्पत्तीमा समेत दाबी राख्दै उजुरी दिएकी छिन् ।

तर, हेमाले दुबैलाई बहुबिबाहको मुद्दा हालेपछि अब घटनाले नयाँ मोड लिएको छ । हेमाको उजुरी दर्ता भएको छैन । यदि, दर्ता भएर अघि बढेको खण्डमा छवि र शिल्पाको बिहेको मुद्दा सकिनेछ । किनकी, कानुन अनुसार पनि श्रीमती हुँदा हुँदै बहुबिबाह भएको खण्डमा त्यो मुद्दा स्वत बदर हुन्छ ।

यस्तो अवस्थामा छवि र शिल्पालाई ५० हजार जरिवाना र ५ बर्षसम्म जेल सजायँ हुनसक्छ । यसैले हेमाको प्रवेश छवि र शिल्पाको डिभोर्स काण्डका लागि फिल्मी शैलीको देखिएको छ ।

For More videos Log on to Mazzako TV