दिपेन्द्र के खनालको निर्देशनमा तयार भैरहेको सिनेमा आमाको मुख्य भूमिकाबाट सूर्यमाला खनाल बाहिरिएकी छिन् । सूर्यमाला खनाल बाहिरिएपछि अब सिनेमामा मिथिला शर्माको प्रवेश भएको छ । सूर्यमाला सिनेमाको शिर्ष भूमिकामा थिइन् ।

तर, निर्देशक खनालको काम गराई अनुसार उनको सेड्यूल नमिल्ने भएपछि सहमतीमै सिनेमा उनले छाडेकी हुन् । उनी, असोजमा अमेरिका जाने तयारीमा छिन् । तर, सिनेमाको छायांकनमा पानी आवश्यक पर्ने भएकाले पनि सूर्यमालाले पुरा समय दिन नसक्ने भएकी हुन् । शर्मिला पाण्डेको लगानीमा बनिरहेको यो सिनेमामा मिथिला शर्माले अब शिर्ष भूमिका निर्वाहा गर्नेछिन् ।

सिनेमामा सुरक्षा पन्त छोरीको भूमिकामा छिन् । सिनेमालाई फागूणको ९ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ ।

For More videos Log on to Mazzako TV