शुक्रबारदेखि रिलिजमा आएको सिनेमा घरले राम्रो व्यापार गरेको छ । नेपाली बजारमा नेपाली हरर सिनेमाको व्यापार राम्रो हुँदैन । तर, यसपटक भने हरर सिनेमा घरले दर्शक राम्रैसँग बटुलेको छ । हरर सिनेमा हेर्न दर्शकको उपस्थिती बाक्लो भएपछि यसकी निर्मात्री शर्मिला पाण्डे पनि दंग छिन् ।

उनले घर २ बनाउने बताएकी छिन् । अर्पण थापा निर्देशित सिनेमामा अर्पण थापा, वेनिशा हमाल र सुरक्षा पन्तको मुख्य भूमिका छ । शुक्रबार र शनिबार नै राजधानीका सिंगल र मल्टिप्लेक्समा सिनेमा हेर्न दर्शकको चाप बाक्लो थियो ।

शुक्रबार बिहानी शोमा नै गोपीकृष्णको गोपीमा ५ सय भन्दा बढी दर्शक देख्दा यसको निर्माणपक्ष आश्चर्य चकित भएको थियो ।

For More videos Log on to Mazzako TV