निर्माता छविराज ओझा र उनकी श्रीमती शिल्पा पोखरेलको विवादले फिल्मी बजार तताईरहेको अबस्थामा यो बिषयले नयाँ मोड लिएको छ । निर्माता ओझाकी जेठी पत्नी हेमा ओझाले बहुविवाहको उजुरी दिएपछि यो बिषले नयाँ मोड लिएको हो । प्रहरी वृत्त गौशालामा उनले दिएको उजुरीमा छवि र शिल्पालाई विपक्षी बनाइएको छ ।

जाहेरीमा यस्तो लेखिएको छ–‘शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरा श्रीमान् छविराज ओझाको सम्बन्ध रहेको भन्ने हल्लाहरु आइरहँदा पनि मैले श्रीमान् छवि ओझासँग सोध्दा के छ प्रमाण भन्ने प्रतिपश्न पाएको थिए । मैले पनि प्रमाण कतै भेटिनँ, बिहे दर्ता कहीँ कतै भएको रहेनछ ।’

अगाडी लेखिएको छ ‘तर, पछिल्लो समयमा मिडियामा पनि धेरै चर्चा भएपछि उहाँ नजिकका सबै व्यक्तिहरुसँग सहयोग मागी साउन ५ गते उहाँकै कार्यलयबाट पछिल्लो समयमा मलाई सहयोग गर्ने उहाँकै कर्मचारी मार्फत निज शिल्पा र मेरा श्रीमानले विवाह गरि दर्ता नै गरेको विवाह दर्ताको कागजातको फोटोकपी फेला पारी सोही आधारमा मसँग सम्बन्ध कायम रहँदा रहँदै बहुविवाह गरेकोले निज मेरा पति छविराज ओझा र शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजीम यथासक्य चाडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाई अनुसन्धान समेत गरि निजहरुलाई कानुन बमोजिम हदैसम्म सजाउ गरिपाउँ ।’

यसैविच, डीएसपी प्रदिप बहादुर सिंहले उजुरी लिएर हेमा गौशला प्रहरी वृत्तमा आएको भएपनि दर्ता भने भैनसकेको बताए । उनले भने–‘हामी यसलाई पुष्टी गर्दैछौ । आवश्यक परे दर्ता हुन्छ ।’

For More videos Log on to Mazzako TV