कुरो हो हाँस्यब्यंग्य यात्राको, अब पालो ‘मह जात्रा’को ।
यही बैशाख २६ गतेदेखि जेठ ८ गतेसम्म नेपाली हाँस्यव्यंग्यका हस्तीहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले जात्रा देखाउने भएका छन् । ‘मह जात्रा’ नाम दिईएको उक्त कार्यक्रमबाट सामाजिक विकृति विसंगीको बिरुद्व ब्यंग्य बाण प्रहार गरिनेछ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने ‘मह जात्रा’ दुई सातासम्म चल्ने छ । जहाँ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अलावा किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल, बसुन्धरा भुषाल, नरेन्द्र कंसकारको पनि प्रस्तुती रहनेछ । नायक दिलिप रायमाझीले ‘मह जात्रा’मा आफ्नो नृत्य प्रस्तुत गर्नेछन । त्यस्तै, हरिवंश पुत्र मोहित आचार्य र मल्लिका कार्कीले गीत गाएर दर्शकको मन जित्नेछन् ।
सात बर्षपछि टुबोर्गसँग जोडिएर ‘मह जोडी’ स्टेजमा उत्रन लागेको हो । कार्यक्रमलाई लिएर मह जोडी निकै उत्साहित रहेको छ । मह जोडीले गाईजात्रामा प्रहसन प्रस्तुत गर्ने छाडेको निकै बर्ष भईसकेको छ त्यही भएर पनि महले आफ्नै हाँस्यब्यंग्य जात्रा गर्न लागेको हो ।
For More videos Log on to Mazzako TV