गायिका स्मिता दाहालको स्वर रहेको ‘जालैमा पार्छु’ बोलको गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै स्मिता र आशिष अबिरलको स्वर रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा शब्द एक नारायण भण्डारीको छ भने संगीत गायक आशिषकै रहेको छ ।

गीतको म्युजिक भिडियोमा आँचल शर्मा र विजु पार्कीसंगै स्मिता पनि देखिएकी छिन् । गीत सार्वजनिक कार्यक्रममा खानेपानी मन्त्री विना मगरले मन्तव्य राख्दै सफलताको शुभकामना दिइन् । मन्त्री विना मगर नातामा स्मिताको माइजु हुन् ।

यसैगरी भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पनि स्मिताले विस्तारै सफलता हासिल गर्दै गएको बताइन । नातामा बहिनीको छोरी पर्ने स्मिताको आवाज सानै बाट नोटिस गरेको उनले बताइन ।

उपस्थित गायक रामकृष्ण ढकालले स्मितासंग गीत गाउने इच्छा जाहेर गरे । ‘स्मिताले आफ्नो प्रतिभा विस्तारै देखाउद ैछिन् र मलाइ पनि उनिसंगै गीत गाउने इच्छा छ’ उनले भने । यसैगरी अभिनेता जितु नेपालले पनि शुभकामना दिए । गीत एल्बममा संग्रहित हुनेछ भने दोस्रो गीत सार्वजनिक गर्दा एल्बमको जानकारी दिईने बताइयो ।

गीतलाई प्रविन स्वारले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । गीतलाई गृष्मा ब्रोडकास्टिङले तयार पारेको हो । गृष्माप्रमुख गृहेन्द्र घिमिरेले स्मिताको पहिलो गीतबाट सुरुवात गरेको र उनको अन्यगीतलाई पनि छिटै सार्वजनिक गर्ने बताए ।

For More videos Log on to Mazzako TV