सुमी मोक्तान तथा सन्नी सिंह स्टारर फिल्म ‘सरौतो’ को टिजर सार्वजनिक गरेको छ । कार्तिक २२ मा रिलिज हुने फिल्म टिजर शुक्रबार युट्युब मार्फत सार्वजनिक भएको हो । हरि हुमागाँईको डेब्यु निर्देशनमा निर्माण भएका फिल्मको टिजर सुमी मोक्तानलाइ एक्सन अवतारमा प्रस्तुत गरिएको छ । टिजरमा सुमीसंगै सन्नी सिंह, लियो ट्यांक, विजय लामा, युवराज लामा र धिरेन शाक्य प्रस्तुत छन् ।

सरौतोमा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ लगायतको अभिनय छ ।

बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाई रिभेन्ज स्टोरी भनिएको छ । फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको एक्सन छ । राजन राज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत छ ।

For More videos Log on to Mazzako TV