नेपाल आइडल सिजन २ मा मज्जाको प्रस्तुती दिएर चर्चित भएका गायक विश्वास उप्रेतीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उनले ‘पुरानो दिन’ बोलको गीतको म्युजिक भिडियो शुक्रबार युट्युब मार्फत सार्वजनिक गरेका हुन् । सविन राईको शब्द तथा संगीत रहेको गीत निकै मज्जाको बनेको छ ।

भिडियोमा विश्वास रकस्टारको रुपमा प्रस्तुत भएका छन् । मोहनराज अधिकारीको निर्देशन रहेको भिडियोलाई अमृत सुनुवारले खिचेका हुन् । भिडियो नेपाल आइडल सिजन २ का विजेत रवि ओडसँगै गीतका गायक विश्वास उप्रेती, अमित बराल, मिनराज पौडेल पनि प्रस्तुत छन् । बिश्वासको ‘पुरानो दिन’ गीत नै पहिलो गीत हो । यो गीतबाट उनि निकै आशाबादी छन् ।

For More videos Log on to Mazzako TV