आज अर्थात शुक्रबारबाट अलनेपाल हरर जनराको फिल्म ‘घर’ ले प्रदर्शन भएको छ । फिल्मलाई निर्देशक तथा अभिनेता अर्पण थापाले लेखन तथा निर्देशन गरेका हुन् । उनले ‘सुनकेसरी’ पछि दोस्रो पटक हरर फिल्म निर्माणमा जोखिम उठाए ।

फिल्ममा एक घरभित्र हुने भुत प्रेतको कथालाई उठाउँन खोजिएको छ । फिल्ममा अर्पणसँगै सुरक्षा पन्त र बेनिशा हमाल प्रमुख भूमिकामा छन् । फिल्ममा शर्मिला पाण्डे र दीपेन्द्र के. खनाल निर्मातामा छन् ।

घरलाई निरज कँडेलले खिचेका हुन् । सुरज पाण्डे प्रस्तुतकर्ता रहेको फिल्ममा अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनालको पनि प्रमुख भूमिका रहेको छ । मिलन श्रेष्ठले फिल्मको सम्पादन गरेका छन् ।

For More videos Log on to Mazzako TV