अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्काको मुख्य भूमिका रहेको सिनेमा मारुनीको नयाँ गीत शुक्रबार सार्वजनिक हुँदैछ । यो सिनेमामा समावेश दोश्रो गीत सक्दिन कि बाच्न बोलको गीतको तस्वीर सार्वजनिक भएको छ ।

सार्वजनिक भएको तस्वीरमा पुष्प र साम्राज्ञी रोमान्टिक देखिएका छन् । अर्जुन पोखरेलको संगीतमा तयार भएको फिल्मको गीतमा साम्राज्ञीलाई हट र आकर्षक देखाइएको छ । गीतको तस्वीरमा यी दुइ कलाकारको ड्रेसमा पनि विशेष ध्यान दिइएको छ ।

नेपाली फिल्म क्षेत्रमा मारुनी प्रतिक्षामा छ । भदौ १३ गतेबाट यो सिनेमा रिलिज हुँदैछ । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको सिनेमामा नवल नेपालको निर्देशन छ ।

For More videos Log on to Mazzako TV