कस्ती होलिन् ‘हवल्दार सुन्तली’ ?
यसअघि नायिका रेखा थापालाई सुन्तली बनाउने भनेर निकै कसरत गरिएपनि अन्त्यमा शिल्पा पोख्रेल नै ‘हवल्दार सुन्तली’ बन्ने भएकी छिन् । छवि ओझाले बनाउन लागेको चलचित्र ‘हवल्दार सुन्तली’मा मुख्य कलाकारको रुपमा नायिका शिल्पा पोखेल अनुबन्धित भएकी छिन् ।
निर्माता छविका अनुसार चलचित्र ‘हवल्दार सुन्तली’ निकै महंगो हुनेछ । चलचित्रको लगानी करिब एक करोड हुने निर्माण युनिटको प्रारम्भिक अनुमान छ । चलचित्रको सुटिङ्ग अविधि दुई महिनाको रहेको छ ।
चलचित्र ‘लज्जा’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका शिल्पा पोख्रेलको ‘हवल्दार सुन्तली’मा मुख्य भुमिका रहेको छ । नायिका शिल्पा सँगै चलचित्र ‘हवल्दार सुन्तली’मा सविन श्रेष्ठ र किशोर खतिवडा पनि देखा पर्नेछन् । चलिचित्र ‘हवल्दार सुन्तली’को निर्देशन ऋषि लामिछानेले गर्नेछन् ।
चलचित्र ‘हवल्दार सुन्तली’को नेपालको पुर्वदेखि पश्चिमसम्म सुटिङ्ग गरिनेछ । ‘हवल्दार सुन्तली’ले नेपालको पुर्व मेचीदेखि पश्चिम महाकाली सम्मको कथालाई उठान गरिनेछ ।
चलचित्र ‘हवल्दार सुन्तली’मा बिषेशत अछाममा कार्यरत एक महिला प्रहरी जवान सुन्तली धामीको कथालाई मुख्य रुपमा उठान गरिएको छ । सुन्तली सहकर्मी प्रहरीबाटै सामुहिक बलात्कारको शिकार भएकी थिईन ।
चलचित्र ‘हवल्दार सुन्तली’मा मदन काश्यपको छायांकन, चन्द्र पन्तको द्वन्द निर्देशन, दिपक शर्माको संगीत र कविराज गहतराजको नृत्य निर्देशन रहनेछ । चलचित्र ‘हवल्दार सुन्तली’को स्क्रिप्ट भने शिवम अधिकारीले लेखेका हुन् ।
For More videos Log on to Mazzako TV