मधेश अभियन्ता डा. सिके राउतको जीवनीमाथि नेपाली फिल्म निर्माण हुने भएको छ । माँ राधिका इन्टरटेन्मेन्टको ब्यानरमा फिल्म ‘डा. सिके राउत’ को निर्माण हुने घोषणा गरिएको हो । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरियो कार्यक्रममा निर्माण टिमले टीजर पनि सार्वजनिक गर्यो ।

फिल्ममा सिके राउतको भूमिका भोजपुरी सिनेमाका ‘पावर स्टार’ परिचित परदेशी शाहले निर्वाह गर्नेछन् । कार्यक्रममा सिके राउत स्वयं उपस्थिति भएका थिए । दुई दर्जन बढी भोजपुरी फिल्मको निर्देशन गरिसकेका निर्देशक सन्तोष शाहले फिल्मको निर्देशन गर्दैछन् ।

फिल्मको कथा, पटकथा तथा संवाद पनि निर्देशक स्वयंले लेखेका हुन् । नेपाली, भोजपुरी र हिन्दी भाषामा निर्माण हुने फिल्मको छायांकन विरगञ्ज, जनकपुर, काठमाडौंलगायतका स्थानमा गरिने छ । ‘डा. सिके राउत’ का निर्माता बाबु हुन् । ‘डा. सिके राउत’ मा पुकार भट्टराई, ध्रुव कोइराला, विशाल पहारी, किरण थापा, राजिव कर्ण लगायतको अभिनय रहनेछ । अभिनेत्रीको भने टुंगो लागेको छैन ।

भदौबाट फिल्मको छायांकन सुरु हुनेछ भने आउँदो छठ पर्वमा रिलिज गर्ने तयारी निर्माण टिमको छ । पवन गौतमको छायाँकन, रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी रहने फिल्मको सम्पादन बन्दे प्रसादले गर्नेछन् । रेवन्त विक्रम थापाको द्वन्द्व निर्देशन रहने छ । फिल्ममा राउतको जीवनको ५० प्रतिशत र बाँकी ५० प्रतिशत काल्पनिक कथा जोडिनेछ ।


For More videos Log on to Mazzako TV