नायक, निर्माता तथा निर्देशक भुवन केसीले आफ्नो होम प्रोडक्सनको चलचित्रलाई चैत्र २८ मा रिलिज गर्ने सोच बनाएका छन् । यही डेटमा आसुसेन फिल्म्स ब्यानरको निर्माणमा बन्न लागेको नायक प्रदिप खड्का अभिनित चलचित्र प्रेम गीत ३ पनि रिलिज हुँदै छ । अनमोल र प्रदिप फिल्म क्षेत्रमा एक अर्काको बलियो प्रतिस्पर्धी पनि मानिन्छन ।

त्यसमा पनि प्रेम गीत ३ को प्री प्रोडक्सन बाट नै चलेको चर्चाले फिल्मलाई प्रतिक्षित बनाएको छ । फिल्ममा जोडीएका नयाँ तथा पुराना कलाकारले पनि फिल्मलाई विशेष बनाइरहेको छ । यस्तो अवस्थामा भुवनले सोही डेटमा फिल्म रिलिज गर्न खोज्नुको मुख्य कारण भनेको उनको आफ्नो छोरा अनमोल माथिको विश्वास नै हो । गत साल पनि अनमोलको स्टारडमले उनको फिल्म ए मेरो हजुर ३ लाई सफलता दिएको थियो ।

अनमोल कै प्रतिस्पर्धी मानिएका नायक सलिन मान बनियाको फिल्म ‘यात्रा’ सँग जुधेको ए मेरो हजुर ३ ले पाएको ग्रान्ड सफलताले गर्दा पनि भुवनलाई आफ्नो छोराको स्टारडममा गर्व र विश्वाश भएको हुन पर्छ । त्यसैले उनले फिल्मको स्क्रिप्ट पनि तयार नहुँदै रिलिज डेट तय गरेका होलान् । उनले त मिनिमम ग्यारेन्टी सहित ८० लाख भन्दा बढी एडभान्स पनि वितरक कम्पनी एफडी सँग लिईसकेका छन् ।

भुवनको अनमोल माथिको विश्वास गज्जब कै देखिएको छ । तर, भनिन्छ नि दिन सधैं एकनासको हुँदैन । एकपटक सिंह सँग लडाईं जिते भन्दैमा सधैं नजित्न पनि त सकिन्छ । फिल्म कस्तो बन्ला भन्ने नसोची, अनमोलले कस्तो काम गर्लान भन्ने कुरा ज्ञात नभई, अनमोल माथि किन यती धेरै विश्वास गर्दैछन त भुवन ?

For More videos Log on to Mazzako TV