नायिका शिल्पा पोख्रेलले आफ्ना श्रीमान निर्माता छवी राज ओझालाई डिभोर्स दिने निर्णय गरेकी छिन् । उनले आईतवार जिल्ला अदालतमा डिभोर्सका लागि निवेदन दिएकी हुन । केही समय अगाडि नायिका पोख्रेलले आफु श्रीमानबाट असुरक्षित भएको बताउदै प्रहरी समक्ष उजुरी दिएकी थिईन ।

महानगरीय प्रहरी परिसर टेकुमा छलफल भईसके पछी उनीहरुले सहमती पत्रमा हस्ताक्षर गरेका थिए । तर, कानुनी रुपमा मिलिसकेका छबी र शिल्पाको मन भने मिलेन । शिल्पा छवी सँग छुट्टीने तयारीमा छिन् । यसै क्रममा सोमबार मध्यरातमा छवी राज ओझाले फेसबुकमा स्टाटस राख्दै शिल्पालाई आफ्नो अदालतमा आए आफुले न्याय दिने उल्लेख गरे ।

शिल्पाले मिडिया समक्ष नै आएर छबीको बिरुद्धमा बोल्न थाले पछी छबीले उनलाई अब हामी मिलेर अगाडि बढौं भनेका हुन् । तर, शिल्पाले भने आफु छबी सँग मिल्नै नसक्ने र अब सँगै नबस्ने मनस्थितीमा रहेको बताएकी छिन् ।

छवीले लेखेको स्टाटस जस्ताको त्यस्तै :

शिल्पा जि, मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं l छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन ?यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस । मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाइ पनि पार्दिन । मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो । म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ । शुभरात्री ।

For More videos Log on to Mazzako TV