अभिनेता सौगात मल्ल अचिनित फिल्म ‘माछा माछा’ को फस्र्टलूक पोस्टर सार्वजनिक गर्दै रिलिज डेट तय गरिएको छ । सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म कार्तिक २९ गते रिलिज हुनेछ । मंगलबार निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति तय गरेको हो । सार्वजनिक पोस्टरमा सौगात, विजय र अनोजको समुह र माओत्से गुरुङको समुह छुट्टिएको छ ।

पोस्टरमा अभिनेत्री नम्रता श्रेष्ठलाई पनि स्थान दिइएको छ । माओत्सेको समुहले समातेको क्रिकेटको ब्याट, बल र स्टम्पले दर्शकमा कौतुहलता सृजना गरेको देखिन्छ । फिल्मका तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथामा निर्मित फिल्ममा सौगातसँगै विजय बराल र अनोज पाण्डेको केन्द्रिय भूमिका छ ।

मणिराम पोखरेल कार्यकारी निर्माता रहेको फिल्ममा प्रवीण खतिवडा, पुस्कर गुरुङ, कमलमणि नेपाल, भोलाराज सापकोटा, सरिता गिरी, धुर्व कोइराला, बसन्त भट्ट लगायतका कलाकारको पनि अभिनय छ ।फिल्म आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा रामबाबु गुरुङ र दयाहाङ राईको लगानी छ । फिल्मको सह(निर्मातामा ओमचंद्र रौनियार र अर्जुन कार्की छन् । फिल्ममा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठको छायाँकन र निर्देशक गुरुङको लेखन छ ।

For More videos Log on to Mazzako TV