चलचित्र प्रेम गीत ३ ले आफ्नो रिलिज मिती तोकेको डेट चैत्र २८ मा अब भुवन केसी र अनमोल केसीको अभिनय तयार हुन लागेको उनीहरुको होम प्रोडक्सनको चलचित्र आउने चर्चा भएको छ । निर्माता तथा कलाकार भुवन केसी ले आफ्नो ब्यानर दि सुपर काजोल फिल्म्स बाट निर्माण गर्न लागेको चलचित्रको वितरण सम्झौता एफडी कम्पनी सँग गरे लगत्तै दुई स्टार कलाकारको भिडन्त हुने भन्ने चर्चा सुरु भएको छ ।

तर, भुवनले प्रस्ताव गरेकै डेटमा चलचित्र आउने पक्का भने छैन । वितरण कम्पनी दुई ठुलो ब्यानरको चलचित्रलाई एकसाथ जुधाउने मनस्थितीमा छैन । त्यसैले भुवनको अन्तिम निर्णय एफडीले मागेको छ । भुवनले एफडी कम्पनी सँग महँगो कमिसनमा काम गर्न लागेका छन । बुझिएअनुसार उनले मिनिमम ग्यारेन्टी सहित ८० लाख भन्दा बढी एडभान्स लिईसकेका छन् ।

अनमोल र प्रदीप फिल्म क्षेत्रमा एक अर्काको बलियो प्रतिस्पर्धी पनि मानिन्छन् । यदी एकै डेटमा दुईको चलचित्र आयो भने फिल्मको बक्स अफिस भिडन्त मात्रै नभई दुई कलाकारको स्टारडमको पनि भिडन्त हुने पक्का छ ।

For More videos Log on to Mazzako TV