नायक रमित ढुंगाना लामो समय पछी चलचित्रमा देखिने भएका छन् । चलचित्र राजा साहेबु मार्फत उनी पर्दामा देखिन लागेका हुन् । निकै मंहगो पारिश्रमिक लिएर रमितले यस चलचित्रमा काम गर्दैछन् । अहिले रमितले आफ्नो नायिका पनि पाईसकेका छन् ।

केही समय अगाडि बाट नै चलचित्र टिम नायिकाको खोजी मा थियो । नाम चलेका नायिका देखी नयाँ अनुहार सम्म पनि निर्माण टिमले नायिकाको लागि अफर गरेको थियो । तर, रमितको जोडी बन्न जो कोहीले सहज मानेनन् वा ठानेनन्, नायिका पाउन गह्रो भएको थियो । तर, अब रमितको फिल्मको नायिका फाईनल भैसकेका छन् ।

चलचित्रको मुख्य भूमिकाको लागि सोनिका केसी र आइशा राई पक्का भएका छन् । मोडलिङमा चर्चित दुबै रमितकी नायिका बन्दै डेब्यु गर्ने भएका छन । यस अघि सोनिकाले चलचित्र ुचौका दाउु मा आईटम गीतमा नृत्य गरेकी हुन् । राजा साहेब बाट कम ब्याक हुन लागेका रमितले आफ्नो क्रेज पनि कम ब्याक गराउन सक्लान त रु समय सँगै थाहा होला।

For More videos Log on to Mazzako TV