नायिका बेनिशा हमालले चलचित्र ‘ब्लाइन्ड रक्स’ बाट राष्ट्रिय पुरस्कार पाएकी छिन् । अवार्ड पाए पछि उनले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाए संगै फिल्म क्षेत्रमा आउनुको सार्थकता पुरा भएको बताएकी छिन् ।

उनका अनुसार उनी फिल्म क्षेत्रमा आउनुको मुख्य कारण राष्ट्रिय पुरस्कार पाउनका लागि थियो । बेनिशा चलेकी नायिका हैनन् । उनका चलचित्र ब्यवसाहिक हिसाबमा पनि कमै चलेका छन् । उनी अझै दर्शक माझ परिचित छैनन् ।

तर, अहिले उनलाई आफु फिल्म क्षेत्रमा आएर पाउनु पर्ने उपलब्धी पाएको मात र जोश पक्कै छ । बेनिशा राम्रो अभिनय गर्ने कलाकार त हो, तर उनले सफल चलचित्र दिन सकेकी छैनन् । एउटा चलचित्रले उनलाई अवार्ड त दिलायो ।

उनी खुशी पनि भईन् । तर, उनलाई अझै मिहेनत गरेर आफुलाई चिनाउने रहर छ कि छैन होला त ? कि अवार्ड पाएर आफु एउटा पूर्ण कलाकार भएकोमा नै मक्ख हुने हुन् ?

For More videos Log on to Mazzako TV