नायिका स्वस्तिमा खड्काको लागि २०७५ साल फलदायी ठहरिएको छ । २०७५ मा उनले गरेको मेहनतको फल २०७६ मा पाउदै छिन् । केही समय अगाडि सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट नायिकाको जुरी अवार्ड पाएकी स्वस्तिमाले नेपालको राष्ट्रिय अवार्ड समेत हात पारेकी छिन् ।

उत्कृष्ट नायिकाको अवार्ड थाप्न उनी सारीमा सजिएर गएकी थिईन । यसै त राम्री स्वस्तिमा, झन उनको सिउदो भरीको सिन्दुरले सबैको ध्यान खिचेको थियो । राष्ट्रिय पुरस्कार पाएर हर्षित स्वस्तिमाले मिडिया समक्ष अवार्ड कार्यक्रममा आफुले सिन्दुर लगाएर आउनुको राज खोलिन् ।

उनले भनिन् ‘बिहे गरे पछि चलचित्र क्षेत्रमा केही गर्न सक्दिनस भन्ने धेरै थिए । मेरै सहकर्मी साथीले पनि मेरो विवाहको खबर आउँदा, एउटा पनि अवार्ड नजिती किन बिहे गर्न लागेको पनि भन्नु भएको थियो । त्यसैले उहाँलाई देखाउन भए पनि सिन्दुर लगाएर आए ।’

उनको मतलब बिहे गर्ने बेला आफुलाई खिसी गर्नेलाई उनले पाएको अवार्डले गतिलो झापड दिएको छ । बिहे गरेपछि नै आफुले पाएको सफलतालाई हाइलाइट गर्न उनले आफ्नो सिउदो रङाएकी हुन् ।

For More videos Log on to Mazzako TV