नायिका सौजन्य सुब्बा र नायका भूपेन चन्दको जोडी पर्दामा मात्रै नभएर पर्दा बाहिर पनि हिट छ । यतिबेला यो जोडी सबैको नजरमा परिरहेको छ । हल्ला भएअनुसारको आफ्नो सम्बन्ध लाई स्वीकार गरिनसके पनि प्राय भुपेन र सौजन्य सँगै देखा पर्छन । यस्तै दृश्य देखियो फिल्म ‘माया गर ल’ को प्रेसमिटमा पनि ।

चलचित्र‘ ‘माया गर ल’ को प्रेसमिटमा सौजन्य र भूपेनको जोडी जम्दा अभिनेता मुकेश ढकाल भने एक्लिए । पर्दामा जोडी बनेकी अभिनेत्री ऋचा सिंह ठकुरी प्रेसमिटमा उपस्थित थिईनन्, त्यसो हुदा मुकेश एक्लिनु स्वभाविक पनि मान्न सकिन्छ ।

Maya Gaara la

अनामनगर स्थित युनियन हाउसमा गरिएको ‘माया गर ल’ को पहिलो प्रेस भेटघाट सौजन्य र भुपेनको जोडी सबैको नजरमा परे । यही शुक्रबार अर्थात बैशाख १९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘माया गर ल’ राम्रो बनेको चलचित्र निर्माण युनिट जानकारी गराएको छ ।

अभिनेत्री सौजन्य सुब्बाले भनिन्, ‘हामीलाई जस्तै हाम्रो फिल्मलाई पनि माया गरिदिनु होला ।’ अभिनेताद्धय मुकेश ढकाल र भूपेन चन्दका अनुसार चलचित्रमा चाहिने भरपुर मसला ‘माया गर ल’ मा रहेको छ । ‘अभिभावकले आफ्नो सन्तानप्रती जिम्मेवारी वहन नगर्दा कस्तो समस्या आउँछ भन्ने कुरा ‘माया गर ल’ मा देखाइएको छ’ चलचित्रका निर्देशक मदन घिमिरे जानकारी गराउछन् ।

Bhupen 1

चलचित्र ‘माया गर ल’ मा सौजन्य, भूपेन, मुकेश र ऋचा सहित गोमा केसी, गोपाल नेपाल ‘फिस्टे’, रुपा खनाल, राम महर्जन, कृष्ण चौलागाइँ लगातको मुख्य भूमिका रहेको छ ।

For More videos Log on to Mazzako TV