मोडल विमल अधिकारी तथा दिव्यानी ओली अभिनित गीत ‘तिमी विना’ सार्वजनिक भएको छ । युवराज चौलागाँईको स्वर तथा प्रशान्त पौडेलको शब्द संगीत रहेको गीतको भिडियो आइतबार युट्युव मार्फत सार्वजनिक गरिएको हो । गीतको संयोजन भने विशाल निरौलाले गरेका हुन् ।

गीतमा विमल र दिव्यानीसँगै विष्णु बोहरा पनि देखिएका छन् जसको निर्देशन कपिल लामाले गरेका हुन् । प्रेमिकाले धोका दिएको एक प्रेमीको दृश्टिविन्दुबाट गीतलाई गाइएको छ । एकल स्वरमा रहेको गीत विछोडपछिको प्रेमीको दुरावस्था केन्द्रित छ । कलाकारकाे जीवन्त अभिनयकाे प्रयासले गीतला सुन्दर बनाएकाे छ ।

विमलले दर्जनौँ लोक दोहोरी तथा अन्य गीतमा पनि अभिनय गरेका छन् भने दिव्यानी ‘प्रेम गीत ३’ को अडिसनमा अन्तिम २५ मा चुनिएकी थिइन् । केही म्युजिक भिडियोमा देखिएकी उनी नाटकघरसँग पनि आवद्ध छिन् ।

गीतको छायांकन मुकेश हुमागाँईले गरेका हुन् भने सम्पादक मिलन विश्वकर्मा हुन् ।

For More videos Log on to Mazzako TV