यहि भाद्र ६ गतेबाट प्रदर्शन हुने फिल्म ‘हजार जुनीसम्म’ को नयाँ गीत सार्वजनिक भएको छ । फिल्मको यसअघि सार्वजनिक ‘एम जी रोडमै’ बालको गीतले मज्जाको प्रतिक्रिया पाइरहको अबस्थामा ‘सुकुटी साँध्न साउनी’ बालको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक आइटम गीतमा आर्यन सिग्देल र दिपाश्री निरौलाको नृत्य रहेको छ । गीतको कोरियोग्राफर कविराज गहतराज हुन् । गीतमा आर्यन र दिपाश्रीसँगै स्वस्तिमा खड्का, अखिलेष प्रधान, शिवहरी पौडेललाई समेत प्रस्तुत छन् ।

RGB tiff image by MetisIP

प्रल्हाद तिमिल्सेना र मिना निरौलाको स्वर रहेको गीतमा एकनारायण भण्डारीको शब्द र बसन्त सापकोटाको संगीत सुन्न सकिन्छ । फिल्ममा आर्यन, स्वस्तिमा, अखिलेष, शिवहरीसँगै प्रियंका कार्की, सलोन बस्नेत, विशाल चाम्लिङ, उत्तम प्रधान, संचिता लुइँटेल, अनुभव रेग्मी लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्मबाट अखिलेष प्रधान डेब्यु गर्दैछन् ।

विकासराज आचार्यले निर्देशन गरेको फिल्मलाई विशाल चाम्लिङले निर्माण गरेका हुन् । यो फिल्मको कथा विशाल चाम्लिङले तयार पारेका हुन भने पटकथा सामिप्यराज तिमल्सेना र निर्देशक आर्चायले तयार पारेका हुन् । पुरुषोत्तम प्रधानले छायांकन गरेका फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

For More videos Log on to Mazzako TV