नायिका मिरुना मगर, नीता ढुङगाना तथा नव नायक राज कुमार स्टारर फिल्म ‘साइनो’ को ट्रेलर सार्वजनिक भएको छ । नेपालकी प्रथम नायिका भुवन चन्द थापाले पहिलो निर्माण रहेकोे फिल्म ‘साइनो’ को ट्रेलर बिहिबार सार्वजनिक गरियो । फिल्मले त्रिकोणात्मक प्रेमकथा भन्न खोडेको ट्रेलरबाट बुझ्न सकिन्छ । फिल्ममा अभिनेत्री मिरुनाको भूमिका दम्दार देखिएको छ ‘साइनो’ आउँदो साउन २४ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।

रमेश थापा निर्देशित फिल्मको कार्यकारी निर्मातामा शरण थापा छन् । अभिमन्यू ’निरवी’ ले फिल्मको कथा तयार पारेका हुन् । निर्देशक थापाले ‘साइनो’ मा लभस्टोरीसँगै देशमा प्रमुख समस्याको रुपमा रहेका विषयलाई उठाइएको बताए । अभिनेत्री मिरुनाले फिल्मबाट आफू निकै आशावादी रहेको बताइन् ।

फिल्ममा भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको पनि अभिनय छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म ‘साइनो’ रामेश्वर कार्कीले खिचेका हुन् । फिल्ममा बनिश शाहको सम्पादन, रोशन विक्रम भट्टराईको द्वन्द्व रहेको छ ।

For More videos Log on to Mazzako TV