अभिनेत्री रेखा थापाले निर्माण गर्न लागेको छैठौ फिल्मलाई निर्देशक रेनशा वान्तवा राइले निर्देशन गर्ने भएकी छिन् ।
रेखा र रेनशाविच संझौता भएको छ । रेनशाको जन्मदिनको अवसर पारेर फिल्म निर्माणको घोषणा गरिएको हो ।

यो सिनेमाको कथामा अहिले काम भैरहेको छ । अभिमन्यू निरवीले सिनेमा लेखिरहेका छन् । सिनेमाको कथा खुलाइएको छैन । यसपटक रेखाले आफूले बनाइरहेको बिषय भन्दा फरक व्यवसायिक सिनेमा बनाउने तयारी थालेकी छिन् ।
रेखाले यो सिनेमामा मल्टिस्टारर कलाकार लिने वुझिएको छ । सिनेमाको छायांकन माघबाट सुरु हुनेछ ।

For More videos Log on to Mazzako TV