निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको घरयासी विवाद प्रहरी प्रभागसम्म पुगेपछि अहिले यसमाथि खेल खेल्न खोज्नेहरु पनि बढेका छन् । शिल्पाले आफूलाई जे पर्यो त्यही कुराका लागि प्रहरी गुहारेको बताउँदै कसैले यस्तो कसैलाई परेको खण्डमा चुप नलाग्न आग्रह गरिन् ।

शिल्पाले यसो भन्दै गर्दा छविले भने शिल्पालाई घर फर्कन भनेका छन् । शिल्पा विगत केही समयदेखि दिदी संझना रौनियारको घरमा गएर बसेको भन्दै छविले आफूले उनलाई फोन नगरेको बताए । छविले दिदी भिनाजुले पो मलाई फोन गरेर भन्नुपर्ने हो भन्दै छविले आफूले त माइत गएकी छिन् भनेर चुप लागेर बसेको बताए । छविले शिल्पालाई डिभोर्स नदिने पनि बताएका छन् । उनले शिल्पालाई डिभोर्स नदिन र घर फर्कन आग्रह गरे ।

उनले आफूहरुको बिहेको प्रचार झनै राम्रोसँग भएको भन्दै अब मिलेर अघि बढ्ने समेत बताए । तर, शिल्पा छविको घर फर्किने सोचमा छैनन् । उनी संझना रौनियार उप्रेतीको घरमा बस्दै आएकी छिन् ।

For More videos Log on to Mazzako TV