सुविन्द्र केसी करिब ७ वर्षदेखि संगीत साधनामा रहेका नवगायक हुन् । उनले पहिलो गीतिएल्वम ‘आरोहण’ सार्वजनिक गरेका छन् । यसै साता राजधानीमा एक कार्यक्रमको आजोजना गर्दै एल्वम ‘आरोहण’ सार्वजनिक गरेका हुन् । लोकप्रिय गायक रामकृष्ण ढकाल, गीतकार तथा कवि दिनेश अधिकारी, संगीतकार राम सिटौला, सर्जक एक नारायण भण्डारी लगायतका व्यक्तित्वको उपस्थिती रहेको उक्त कार्यक्रममा एल्वम भित्र समावेश एक गीतको भिडियो समेत प्रिमियर गरिएको थियो ।

‘उधारो वाचा’ बोलको गीति भिडियोमा नायिका केकी अधिकारी र मोडल रन्जित पौडेल फिचर भएका छन् । भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । एल्वममा ७ वटा गीत समावेश गरिएको छ ।

एल्वम सार्वजनिक समारोहमा बोल्दै गायक सुविन्द्रले भने, ‘रामकृष्ण ढकाल मेरो प्रेरणाको श्रोत हुनुहुन्छ । उहाँको गायकीबाट म निकै प्रभावित छु ।’ पछिल्लो समय उनले संगीतकार राम सिटौलासँग संगीत कक्षा समेत लिइरहेका छन् ।

एल्वममा संग्रहित गीतमा शब्द रचना डा. नवराज लम्साल, एक नारायण भण्डारी, राम सिटौला, विपिन किरण, पुरुषोत्तम ढुंगेल र स्वयम सुरेन्द्रको रहेको छ । जून रचनामा संगीत सिर्जना गरेका छन् राम सिटौला, अर्जुन पोखरेल, महेश खड्का, टिका भण्डारी र श्रीकृष्ण बम मल्लले ।

सांगीतिक क्षेत्रमा अघि बढ्दै गरेका सुविन्द्रले ‘आरोहण’ का गीत दर्शक तथा श्रोताले मन पराउने विश्वास लिएका छन् ।

For More videos Log on to Mazzako TV