अभिनेत्री वेनिशा हमालका लागि घर कती महत्वपूर्ण होला ? यो घरमा वेनिशाले दर्शकलाई तर्साउलिन् कि उनी आफै तर्सेलिन् त ? अभिनेत्री बेनिशा हमाल यो सिनेमाको कथावस्तु खोल्न नमिल्ने बताउँछिन् ।

तर, सिनेमाको कथावस्तुले यसपटक दर्शकलाई तर्साउने मात्र होइन, नेपालमा बनिरहेका हरर सिनेमाको ढाँचालाई समेत बदलिदिने दाबी गर्छिन् । अभिनेत्री हमालको यो फिल्ममा बेडसिन पनि छ । बेनिशा बेडसिन आफूले दिएको भन्दा पनि फिल्म भित्रको क्यारेक्टरले दिएको बताउँछिन् ।

बेनिशाले यो फिल्मको टिम राम्रो भएकाले पनि कथा नै नपढी सिनेमा साइन गरेको बताइन् । तर, सिनेमा साइन गरेपछि मात्र आफूले सिनेमाले हरर कथा उठाएको उनको भनाई छ । अर्पण थापाको निर्देशनमा तयार भएको यो सिनेमामा वेनिशालाई अर्पण थापा र सुरक्षा पन्तले साथ दिएका छन् ।

For More videos Log on to Mazzako TV