आफ्नो श्रीमान्बाट असुरक्षित भएको भन्दै निर्माता छविराज ओझाविरुद्ध अभिनेत्री शिल्पा पोखरेलले उजुरी दिएकी छिन् । प्रहरी प्रभाग टेकुमा उनले दिएको उजुरीमा छविसँग आफू असुरक्षित भएको शिल्पाले उल्लेख गरेकी छिन् ।

शिल्पा र छविले बिहे गरेको ३ बर्ष भयो । ३ बर्षदेखि बिहे गरेर बसेका उनीहरुले स्विकार भने केही महिना अघि मात्र गरेका थिए । तर, घरबार सम्हालेपछि खटपट सुरु भएको उनीहरुको अहिले भने अवस्था कमजोर बनेको छ । शिल्पाले छविको घर छाडेको पनि केही समय भयो । शिल्पा अहिले आफन्तसँग बसिरहेकी छिन् ।

आफन्तको घरमा गएकी शिल्पाले छविसँग डिभोर्स मागेको खबर समेत सार्वजनिक भैरहेको छ । उनीहरुलाई प्रहरीले आज छलफलका लागि बोलाएको छ । छवि र शिल्पाको भेट लज्जा फिल्ममा काम गर्दादेखि भएको हो ।

For More videos Log on to Mazzako TV