चर्चित गायक बिश्व नेपालीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक बिश्व र गायिका सुजता उपाध्यायको स्वरमा सजिएको ‘पहिले फूल साट्ने की’ बोलको गीत गायक बिश्वको युट्युब च्यानलमा सार्वजनिक गरिएको हो ।

आनन्द अधिकारीको शब्द रहेको गीतमा आनन्द राई सुमधुर संगीत रहेको छ । गीतको एरेन्ज महाराज थापले गरेका हुन् । म्युजिक भिडियोमा कोरियोग्रापर तथा मोडल गम्भिर बिष्ट र नायिका बर्षा सिवाकोटीको अभिनय रहेको छ । गम्भिर बिष्टकै कोरियोग्राफी रहेको भिडियो निकै मज्जाको बनेको छ ।

धिरज जंग शाहले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । गायक बिश्वका धेरै गीत हिट छन् । यसअघि उनको र सुजताको ‘कबि देबकोटा’ बोलको गीतले मज्जाको सफलता पाएको थियो । यो गीतबाट पनि राम्रो सफलता पाउँनेमा गायक बिश्व तथा गायिका सुजता बिश्वस्त छन् ।
हेनुहोस् ‘पहिले फूल साट्ने की’ बोलको म्युजिक भिडियो :

For More videos Log on to Mazzako TV