नीतिन चन्द निर्देशित फिल्म ‘गीत गजल’ ले पोस्टर सार्वजनिक गर्दै फिल्म रिलिज मिति तय गरेको छ । असोज २४ गतेलाई प्रदर्शन मिति पक्का गरेको फिल्मको पोस्टरमा अभिनेता रुप पोखरेल र अभिनेत्री आरोही सिंहलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । फिल्मको एक गीत भारतको गोवामा खिचिएको छ । उक्त गीत चाडै रिलिज हुने बताइएको छ । यो फिल्म रुप र आरोहीको डेब्यू हो । दुबै फिल्मलाई लिएर निकै उत्साहित छन् ।

आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली लगायतको अभिनय रहेको छ ।

फिल्ममा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ ।

For More videos Log on to Mazzako TV