yogesh ghimireगत बर्ष हिट् लिस्टम पर्न सफल सिनेमा ‘नोटबुक’का निर्देशक योगेश घिमिरेले आफ्नै ब्यानर दर्ता गरेर फिल्म निर्देशन गर्ने भएका छन्  । उनले अरुश इन्टर्नेशनलको ब्यानर मार्फत चलचित्र ‘भूलभुलैया’ बनाउन लागेका हुन् ।

उनी निर्देशित चलचित्र ‘नोटबुक’को ‘मायाको भूलभुलैया’ गीतले चर्चा कमाएपछि उनले त्यहि गीतबाट फिल्मको नाम सापटी लिएका हुन् । योगेशको ‘भूलभुलैया’ मा नोटबुककै जोडी जीवन लुइटेल र नीता ढुङगानालाई देख्न पाईनेछ । संगीतकारको रुपमा उनले बसन्त सापकोटालाई लिने बुझिएको छ ।

त्यस्तै उनको पछिल्लो चलचित्र ‘नोटबुक’मा ‘गाला रातै’ गीत गाएर चर्चा कमाएका प्रल्हाद तिमल्सिनालाई उनले चलचित्रको गीत गाउन लगाउनेछन् । सुशील कार्की,सुरेश गौतम र मणिराज दहालको लगानी रहने ‘भूलभुलैया’ मा ‘नोटबुक’का कलाकार र संगीतकार मात्र होईन सम्पुर्ण प्राविधिक टोली पनि दोहोरिने सम्भावना रहेको योगेश बताउछन् । यो सबै हेर्दा लाग्न सक्छ योगेशले ‘भूलभुलैया’ नोटबुक’कै सिक्वेल को रुपमा त बनाउने होईनन् ?

For More videos Log on to Mazzako TV