अभिनेत्री केकी अधिकारी र मुकुन भुषाल फिल्म ‘झिँगेदाउ’ मुख्य भूमिकामा अभिनय गर्ने भएका छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ मा जीवन्त अभिनय गरेका मुकुनले मज्जाको अभिनय गर्न सक्ने केकीसंग रोमान्स गर्ने भएका हुन् । निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने फिल्ममा अभिनेत्री केकी केही दिन मात्र फाइनल भएकी हुन् । भने, मुकुन गएको महिना नै अनुबन्धीत भएका थिए ।

‘झिँगेदाउ’ का लागि बाँकी कलाकारको छनोट कार्य भइरहेको निर्देशक देउजाले बताए । साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित भएर ‘झिँगेदाउ’ निर्माण हुन लागेको हो । भदौबाट फिल्मको छायांकन सुरु हुनेछ ।

कपन गढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्मलाई निर्देशक ज्ञानेन्द्र स्वयंले निर्माण गर्दैछन् । सिन्धुली, खोटाङ, दोलखा र काठमाडौंमा छायांकन हुने छ ।
फिल्मका गीतमा संगीत भर्ने जिम्मेवारी अर्जुन पोखरेलको काँधमा छ । पटकथा एवं संवाद प्रदीप भारद्धाजले तयार पारेका छन् । ज्ञानेन्द्रले ‘रक्षक’, ‘करुक्षेत्र’, ‘देवर बाबु’, ‘हामी ट्याक्सी ड्राइभर’ संगै ‘वुद्ध वर्न इन नेपाल’ पनि निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV