‘म यस्तो गीत गाउँछु २’ को शुभमुहर्त गरिएको छ। सुदर्शन थापाद्वारा निर्देशित सिनेमा म यस्तो गीत गाउँछु २ को मंगलबार मनकामना मन्दिरमा शुभमुहर्त गरिएको हो।

सिनेमामा यस अघिको प्रिक्वेलमा रहेका कलाकार पूजा शर्मा र पल शाहको जोडी नै दोहोरिने भएको छ। सिनेमाको मुहर्तपछि पूजा र पलले संगै फोटो खिचाएका छन्। लामो समय देखि यो जोडी सिनेमामा रहने वा नरहने चर्चाका विच अन्तत सिनेमामा पल फाइनल भएका छन्।

सुदर्शनले गएको २ वर्ष अगाडि घोषणा गरेको सिनेमा ‘म यस्तो गीत गाउँछु २’ फागुन २३ मा आउने निश्चित भइसकेको छ । सिनेमाको छायांकन भने दशैंपछि सुरु हुनेछ ।

For More videos Log on to Mazzako TV