नायिका पूजा शर्मा र बर्षा राउतको मित्रता अहिले सामाजिक सन्जाल र फिल्म कार्यक्रममा गज्जबकै देखिएको छ । टिकटक देखी एक अर्काको सामाजिक सन्जालको स्टोरीमा अटाएका पूजा र बर्षाको निकटता चलचित्र जात्रै जात्राको ५१ दिने सेलिब्रेसनको आकर्षण बन्न पुग्यो ।

बर्षाको निमन्त्रनामा जात्रै जात्राको सक्सेस सेलिब्रेसनमा पूजा पुग्ने बित्तिकै बर्षाकै खोजीमा लागिन र आई लभ यूु बर्षा भन्दै आफ्नो प्रेम प्रकट गर्दै शुभकामना दियिन । कार्यक्रम अवधी भर दुई जना सँगै बसे, गफिए र रमाए ।

दुईको आत्मियता लोभ लाग्दो देखिएको थियो । यि दुईले एकसाथ चलचित्रमा भने काम गरेका छैनन् । नायिकाहरुको मित्रता क्षणिक हुन्छ, केही समय अत्ती नै मिल्छन् र पछि नमज्जाले छुट्टिन्छन् । छुटे पछि एक अर्काको कुरा गर्न त के छाया समेत हेर्न चाहदैनन् । तर वर्षा र पूजाको मित्रता भोलीको दिनमा दुस्मनीमा नबद्लिदिए हुने ।

For More videos Log on to Mazzako TV