निर्देशक प्रदिप भट्टराई यो समयका डिमान्डेड निर्देशक हुन् । चलचित्र जात्रा, शत्रुगते र जात्रै जात्रा निर्देशन गरेका भट्टराईका यि तिनै चलचित्रले ५१ दिन मनाउन सफल भए । जात्रै जात्राको ५१ दिने सेलिब्रेसनमा बोल्दै निर्देशक भट्टराईले आफुलाई झनै चुनौती थपिएको बताए । करिव एक दशक मह संचारको ब्यानरमा काम गरेको अनुभब लिएर भट्टराई फिल्म निर्देशनमा होमिएका हुन् ।

उनको डेब्यु निर्देशन रहेको जात्राले दर्शकको राम्रो साथ पायो । निर्देशकले खुबै प्रसम्शा पनि पाए । त्यसपछी उनले महसन्चारको चलचित्र शत्रुगते निर्देशन गरे जस्ले उनलाई झनै चर्चित बनायो र सफलता दिलायो । जात्राको सिक्वेल बनाउन चुनौती रहे पनि उनले आट गरेर जात्रै जात्रा बनाए । यो चलचित्रको ५१ दिने सफलता सँगै भट्टराईले निर्देशनमा ह्याट्रिक गरे ।

उनले निर्देशन गरेको तिनै वटा चलचित्र पूर्ण रुपमा सफल भए सँगै अहिले उनलाई चुनौती पनि थपिएको छ । दर्शकलाई भट्टराई बाट निकै आश छ । उनले अब सोच बिचार गरेर मात्रै चलचित्र छान्नु पर्ने छ । उनलाई अब अर्को चलचित्र पनि हिट दिनै पर्ने दबाब पनि छ । भर्खरै कमेडी च्याम्पियनको जज अनुबन्धित भएका भट्टराई अहिले कुनै चलचित्रमा अनुबन्धित भएका छैनन् ।

तर उनले अनमोल केसीको होम प्रोडक्सनको चलचित्र वा भद्रगोल टिमको चलचित्र वा आफ्नै फापेका निर्माता रबिन्द्र सिंह बानियाको चलचित्रमा काम गर्न सक्ने अनुमान गरिएको छ ।

For More videos Log on to Mazzako TV