आदित्य नारायण झा लाइभ इन नेपाल नामक लाइभ कन्सर्टमा आफ्नो प्रस्तुती दिन नेपाल आएका आदित्य नारायण झाको कार्यक्रम सफल रह्यो । नेपाल आफ्नो घर हो भन्दै नेपाल आएका आदित्यले ठमेल स्थित क्लब फरेन्हाइट मा आफ्नो चर्चित हिन्दी सहित नेपाली गीत प्रस्तुत गरे ।

क्लब फरेन्हाइटको आयोजनामा आफ्नो बान्ड सहित नेपाल आएका आदित्यको प्रस्तुतीमा उनलाई हेर्न र सुन्न गएका दर्शक खुबै झुमेका थिए । मायाको बारीमा प्रीतीको फुल र यो गाउँको ठिटो म बोल को गीत गाउँदा दर्शकले आन्स मोरको हुट नै लगाए । तर, उनले अपेक्षित दर्शकको साथ भने पाएनन ।

करीव ६ हजार दर्शक अपेक्षा गरिएको उक्त कन्सर्टमा हजारको हाराहारीमा मात्रै दर्शक उपस्थित थिए । आदित्यको नेपालमा राम्रो क्रेज देखेर र दर्शकले डिमान्ड गरेर उनलाई नेपाल ल्याएको बताएको आयोजकले लक्षित दर्शक नपाउँदा कन्सर्ट ब्यवसायिक रुपमा सफल देखिएन ।

For More videos Log on to Mazzako TV