रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को टीजर सार्वजनिक भएको छ । आइतबार भाद्र १३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँने फिल्मको टीजर सार्वजनिक गरियो । अभिनेता दयाहाङ राईको प्रेमिकाको रुपमा ‘क्याप्टेन’ गर्ल उपासना सिंह ठकुरी इन्ट्रि भएकी छिन् । टीजर हर्दा निकै मज्जा लाग्छ ।

फिल्ममा थुप्रै नाम चलेका कलाकार भए पनि दया, उपासना र विजय बराल भन्दा अरुले टीजरमा स्थान पाएका छैनन् । स्वजातिय विवाह र अन्तर्जा्तिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारित भएर फिल्म निर्माण भएको हो । यसको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् ।

बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् । फिल्ममा कर्मा, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । यसको सम्पादन निमेश श्रेष्ठले गरिरहेका छन् ।

For More videos Log on to Mazzako TV