रोमान्टिक लभस्टोरी फिल्म ‘यो माया कस्तो माया’ को दोस्रो गीत रिलिज गरिएको छ । फिल्मको ‘हुन्न है’ बोलको गीत सार्वजनिक गरिएको होे । अम्बिका शर्माको शब्द रहेको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत छ । सार्वजनिक गीतमा सुवानी मोक्तान र उदिपधोज थापाको स्वर छ । फिल्मका दिवस धिताल र अभिनेत्री रितु पौडेललाई कोरियोग्राफर कविराज गहतराजले मज्जाले प्रस्तुत गरेका छन् । यो फिल्मबाट यी दुबैको डेब्यू गर्दैछन् ।

यो फिल्मको ९० प्रतिशत काम निर्देशक भुषण आनन्द ठकुरीले गरे । त्यसपछि आफू अस्वस्थ रहेको भन्दै एक्कासी क्यानडो गएपछि बाँकी १० प्रतिशत निर्देशन निर्माता किशन पोखरेलले गरेका थिए । फिल्म असोजमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
फिल्मका कार्यकारी निर्माता कर्ण थापा किरण र बाबु गौतम रहेका छन् भने निर्माताहरुमा इन्द्र रजक , समृद्धि श्रेष्ठ , बिशाल गुरुङ, कमल चन्द्र पोखरेल र गोविन्द बर्देवा रहेका छन् । युवराज केशरी, सुन्दर श्रेष्ठ, लय सङ्ग्रौला, सुमित डङ्गोल, तारा केशी, तुलसा शर्मा, शङ्कर महर्जनलगायतको पनि फिल्ममा अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV