नायिका केकी अधिकारीले आफुलाई हिटको पगरी दिलाउन चलचित्र कोहलपुर एक्सप्रेस निर्माण गरिन् । तर चलचित्रले सफलता पाउन सकेन र केकीलाई चोरीको आरोप लाग्यो । उनको चलचित्र हिन्दी चलचित्र मुम्बई एक्सप्रेस को कपी थियो र केकीले पनि यो स्विकारेकी छिन् । चोरको संज्ञा पाएकी केकी अब केहि काम गर्नु अघि झस्किन थालेकी छिन् ।

कमेडी च्याम्पियन को निर्माणमा व्यस्त केकी अब अर्गानिक चलचित्र र शो निर्माण गर्न लागि परेकी छिन् । कोहलपुर एक्सप्रेस बाट धेरै नै आलोचित हुनु परेकी केकी अब दर्शकको माया र साथको खोजीमा छिन् । उनका प्राय चलचित्र फ्लप छन् । तर, उनको हिट अभिनयले नेपाली चलचित्र क्षेत्रमा उनको स्थान विशेष नै छ ।

उनी अब व्यवसायिक रूपमा पनि हिट हुन चाहन्छिन् । कोहलपुर एक्सप्रेस चोरेकाले उनलाई अब अर्को चलचित्रको निर्माणका लागि पक्कै च्यालेन्ज हुनेछ । किनकी उनलाई अफ दर्शकले हत्तपत्त नपत्याउन सक्छन् । एक दिनको चोर सधैको चोर भनेझै उनको चलचित्रलाई दर्शकले चोरी नै भएको होला भनि सोच्न बाध्य हुन्छन् ।

तर, केकी भने अब चोरीको आरोप बाट मुक्त हुन चाहन्छिन् । राम्रो र अर्गानिक चलचित्र निर्माण गर्ने उनको लक्ष्य छ । कमेडी च्याम्पियन पनि कुनै विदेशी शो बाट उत्प्रेरित नभएको र नहुने उनको भनाई छ । केकी चोरीको आरोप बाट मुक्त हुन चाहे पनि दर्शकले उनलाई पत्याउन उनले केहि राम्रा र अर्गानिक चलचित्र दिनै पर्छ नत्र केकीलाई चल्न गाह्रै पर्ला ।

For More videos Log on to Mazzako TV