नायिका स्वस्तिमा खड्का गत वर्षकी नम्बर १ नायिका हुन् । उनले अभिनय गरेको चलचित्र नाई नभन्नु ल ५ ले व्यवसायिक रुपमा धमाका नै मच्चायो र अर्को चलचित्र बुलबुलले स्वस्तिमाको ईमेज नै चेन्ज गरायो । उनी उत्कृष्ट अभिनय गर्न सक्ने नायिका ठहरिईन् ।

बुलबुल बाट स्वस्तिमाले राम्रो तारिफ पाउन सफल भईन् । अहिले स्वस्तिमा बुलबुल लिएर श्रिलंकामा भईरहेको साफ फिल्म फेस्टिभलमा छिन् । फेस्टिभलको पहिलो दिनमा नै बुलबुल को शो राखिएको थियो । बुलबुल लिएर स्वस्तिमा श्रिलंका सुटुक्क नै गईन् । साफ फिल्म फेस्टिभल दक्षिण एसियाको चर्चित फिल्म फेस्टिभल हो । यसमा कुनै कुनै नेपाली चलचित्रमा छानिन्छन् । ठूलो चलचित्रमा यस पटक नेपाली चलचित्र बुलबुल र प्रसाद छानिएका थिए ।

चलचित्र साफ फेस्टिभलमा छानिनु पक्कै उत्साहजनक हो । तर, स्वस्तिमाले आफ्नो उत्साहलाई काबुमा राख्दै सुटुक्क गईन् । उनले हो(होल्ला गर्न जरूरी ठानिनन् । तर, केहि समय अगाडि नायिका प्रियंका कार्की कान्स फिल्म फेस्टिभलमा जादा भने निकै चर्चा भएको थियो । प्रियंकाले आफु यो गर्ने र त्यो गर्ने भनि गफ पनि दिईन् ।

उनले आफुले नेपालको नेतृत्व गर्न पाएको खुसी लागेको भन्दै नेपाललाई आफुले चिनाउने भनिन् । तर, नेपाल त के उनी आफै पनि नोटिस भईनन् त्यहाँ । हुन त त्यो ठूलो कार्यक्रम भएकाले पनि नेपाल र नेपालीको उति सार्हो चर्चा नभएको होला । तर, प्रियंका यही कुराले विवादमा परिन् । उनले लगाएको पहिरन पनि विवादमा पर्यो ।

तर, स्वस्तिमा भने यी सबै कुराबाट सचेत रहिन् । उनले विवादमा पर्ने पहिरन पनि लगाईनन् । कार्यक्रम र आफ्नो उपस्थितिको बारे पनि केहि बोलिनन् । उनले बोलेर भन्दा पनि गरेरै देखाउन चाहिन् । चलचित्र छान्न पनि स्वस्तिमा सफल देखिन्छिन् । उनी निकै चलाख पनि छिन् । उनलाई के गर्दा ठीक हुन्छ भन्ने ज्ञान पनि राम्रै छ । स्वस्तिमा बाट अब प्रियंकाले केहि सिक्ने हो कि ?

For More videos Log on to Mazzako TV